Shikhar Insurance
National Life

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एकैदिन बढ्यो २ हजार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । गत दुई दिनदेखि लगातार नयाँ रेकर्ड कायम राखेको सुनको भाउले आज अहिलेसम्मकै रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन १ लाख ६२ हजार ४ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आज १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्