Shikhar Insurance
National Life

व्यापारमा छलाङ मार्दै भगवती स्टील, एक वर्षमा ३ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । भगवती स्टील ईण्डष्ट्रिज प्रालिले एक वर्षमा ३ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । केयर रेटिङ एजेन्सी नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार उद्योगले सन् २०२४ मा ३ अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको हो ।

उद्योगको सन् २०२३ को तुलनामा सन् २०२४ मा १२.५२ प्रतिशतले कम व्यापार गरेको देखिएको छ । उद्योगले सन् २०२३ मा ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, उद्योगले सन् २०२२ मा १ अर्ब ८३ कारेड ५० लाख रुपैयाँको व्यापार गरेको तथ्यांकले देखाएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा उद्योगको व्यापार ९५ प्रतिशतले बढेको थियो ।

उद्योगले २ अर्ब ३५ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । उद्योगले दीर्घकालका लागि १७ करोड ६० लाख र अल्पकालका लागि २ अर्ब १७ करोड ९० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।

सन् १९९१ मा स्थापना भएको भगवती स्टिलले पाइप, सिट, डोर, विन्डो फ्रेम, सटर प्रोफाइल, साइट च्यानल, ट्रस, पोल टावर, सस्पेन्सन्स ब्रिज र मोटोरेवल बिज्रको उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन वार्षिक क्षमता ८५ हजार ५ सय टन रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्