Shikhar Insurance
National Life

विपद् जोखिम न्युनिकरण गर्न राजनीतिक प्रतिवद्धता आवश्यक छ: निर्देशक अधिकारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १३:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको विज्ञहरुले बताएका छन् । असोज २८ देखि फिलिपिन्सको मनिलामा शुरु भएको विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरुले सो धारणा राखेका हुन् ।

बैठकमा विपद् जोखिम न्युनिकरणमा वित्तीय व्यवस्थापनको मुद्दालाई पहिलो प्राथमिकता दिइएको छ । विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी बन्नुभएका विपद् व्यवस्थापन अध्ययन केन्द्रका निर्देशक डा वसन्तराज अधिकारीले विपद् जोखिम न्युनिकरणमा वित्तीय श्रोत जुटाउने विषय प्रमुख प्राथमिकतामा परेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बैठकमा मुख्य तीन विषयमा छलफल जारी रहेको जानकारी दिए । जसमा वित्तीय व्यवस्थापन, समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका सबै मानिसलाई सँगै लगेर विपद् जोखिम न्युनिकरण गर्ने र शहर र गाउँको संकटासन्न अवस्थालाई उत्थानशिल बनाउने विषय प्रमुख रहेका छन् ।

निर्देशक अधिकारीले बैठक यिनै तीन कुराहरुमा अधिकांश देशका प्रतिनिधिहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गरेको र नेपालले सोही विषयवस्तुलाई टेकेर कार्यपत्र प्रस्तुत गरेको बताए । उनकाअनुसार जारी बैठकमा नेपालको उपस्थिति राम्रो रहेको छ । नेपालमा विपद् जोखिम न्युनिकरणमा धेरै समस्या रहेको भन्दै तथ्यांकीय र वैज्ञानिक विश्लेषण गरी आगामी बैठकहरुमा विषयवस्तुहरु उठाउन सक्नुपर्ने उल्लेख गरे ।

मित्रराष्ट्रहरुसँग छलफल र सहकार्य गरी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम अघि बढाउन उचित हुने सुझाव निर्देशक डा अधिकारीको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले समेत नेपालको नाम तोकेर नेपाल जस्ता हिमाली देशहरुमा हुने बाढी पहिरोको कुरालाई उद्घाटन सत्रमा आवाज उठाएको बताए । नेपालले नेपालजस्तै विपद्बाट संकट व्यहोरिरहेका देशहरुले गरेका सफल पहलकदमीहरु नेपालले लागू गर्नुपर्ने बताए ।

उनले भने, ‘यो एशिया प्रशान्त क्षेत्रीय मन्त्रीस्तरीय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको बैठक हो । यो अहिले फिलिपिन्सको मनिलामा भइरहेको छ । यो वर्ष सामान्यतया तीन कुरामा केन्द्रित भएका छौँ । एउटा विपद् जोखिम न्युनिकरणमा वित्तीय व्यवस्थापन, वित्तीय श्रोत जुटाउने बारेमा छ । कसैलाई पनि नछोडिकन समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका मानिसलाई सँगै लिएर त्यसको विपद् जोखिम न्युनिकरण गर्ने र अर्को शहर र गाउँको संकटासन्न छ, त्यसको उत्थानशिलतामा कसरी अघि बढ्ने भन्ने तीन वटा मुख्य कुरा छन् ।’

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पनि सम्मेलनमा सहभागी भएको छ । हरेक २ वर्षमा हुने यो सम्मेलन आज सकिँदैछ । सम्मेलनमा नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले नेपालको स्थितिपत्र प्रस्तुत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्