Shikhar Insurance
National Life

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, प्रतितोला १ लाख ६२ हजारमाथि

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाचौँ कारोबार दिन पनि सुनको मूल्यले फेरी नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन १ हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको भाउले आज ६ सय रुपैयाँले बढेर हालसम्म कै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्