Shikhar Insurance
National Life

बैंकिङ प्रणालीबाट एकैपटक १ सय अर्ब तान्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १ सय अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले कात्तिक १ गते १ सय अर्ब रुपैयाँ उठाउन लागेको हो ।

१३ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको १ सय अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले कात्तिक १४ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्