Shikhar Insurance
National Life

३५ कम्पनीको २८ अर्ब रुपैयाँको आइपीओ पाइपलाइनमा, कहिले पाउलान् स्वीकृति ?

प्रमिला भट्ट
२०८१ कार्तिक १, बिहीबार ०९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । ३५ कम्पनीले आइपीओ निष्काशन गर्न पालो कुरेर बसेका छन् । २५ कम्पनीको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता बराबरको सेयर निष्काशन गर्न कम्पनीहरुले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

३५ कम्पनीहरुले आइपीओ जारी गरेर २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २ सय ३३ रुपैयाँ कम्पनीहरुमा भित्र्याउने प्रयास गरेका छन् । तर लामो समयदेखी आइपी स्वीकृतिको काम भने रोकिदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा आर्थिक सल्लाहकार, पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आइपीओबाट वार्षिक २ खर्ब रुपैयाँ बजारबाट उठाउनु पर्ने विचार राख्दै आएका छन् । नेकपा(एमाले)को भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रमलाई भदौ ७ गते सम्बोधन गर्दै डा. खतिवडाले नेपाली अर्थतन्त्रका लागि वार्षिक २ खर्ब रुपैयाँ आवश्यक भएको बताएका थिए ।

तर धितोपत्र बोर्डमा अध्यक्षको टुङगो नलाग्दा कम्पनीहरुले आइपीओको स्वीकृति पाउन सकेका छैनन । धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरु मध्ये १७ वटा हाइड्रोपावर रहेको छ भने १८ वटा होटल वा अन्य कम्पनीहरु छन् ।

५ कम्पनीहरुले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको र अन्य कम्पनीहरुले भने प्रतिकित्ता १ सय रुपैयाँ नै मूल्य तोकेको छ ।

यस्ता छन् पाइपलाइनमा रहेका कम्पनीहरु

डिस मिडिया नेर्टवाकले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता  सेयर जारी गर्न लागेको छ । जसबाट कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ । याम्बालिङ्ग हाइड्रोपावरले पनि स्थानिय र सर्वसाधारणको लागि २८ लाख कित्ता अर्थात २८ करोड रुपैयाँको सेयर पाइपलाइनमा रहेको छ ।

यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले सर्वसाधारणको लागि २४ लाख कित्ता अर्थात २४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दैछ ।  एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणको लागि ५२ लाख ३२ हजार ५ सय ४८ कित्ताको ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।

आर्किड होल्डिङ लिमिटेडले १ करोड १५ लाख कित्ताको १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दैछ । यसैगरी, विकास हाइड्रोपावर कम्पनीको ४४ लाख ५४ हजार ५ सय ५ सय ९६ कित्ताको ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ सेयर स्थानिय वासिन्दा र सर्वसाधारणको लागि निष्कासन गर्ने बोर्डमा आवेदन दिएको छ ।

रिज लाइन इनर्जी लिमिटेडले पनि ५८ लाख ८ हजार २ सय १० कित्ता अर्थात ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँ को सेयर निष्कासन गर्न लागेको हो । लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडको ६५ लाख ७७ हजार कित्ताको आधारमा ६५ करोड ७७ लाख रुपैयाँको निष्कासन गर्न लागेको हो ।

ह्याम्स हस्पिटलले पनि सर्वसिाधारणको लागि प्रतिकित्ता २ सय ८८ रुपैयाँको आधारमा ३२ करोड ४० लाख बराबरको ११ लाख २५ हजार कित्ता सेयर निष्कासनको पखाईमा रहेको छ ।

साथै, सौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पनि सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता २ सय ६४ रुपैयाँ ५२ पैसाको आधारमा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ताको आधारमा ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय ६५ रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो ।

अन्नपुर्ण केबलकारको स्थानीय वासिन्दा र सर्वसाधारणको लागि ३१ लाख कित्ताको आधारमा ३१ करोड रुपैयाँ बराबरको निष्कासन गर्न लागेको हो । बरुण इन्भेष्टमेन्ट लिमिटेड कम्पनीको २४ लाख ७५ हजार कित्ताको आधारमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको निष्कासन गर्न लागेको हो भने मारुती सिमेन्ट लिमिटेडले प्रिमियम मुल्यमा प्रतिकित्ता ८ सय २० रुपैयाँको दरले १ करोड १६ लाख कित्ताको आधारमा ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो ।

कालिञ्चोक हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि ७ लाख ५० हजार कित्ताको आधारमा ७ करोड ५० लाख रुपैयाँको सेयर जारीको लागि बोर्डको पाइपलाइनमा रहेका छन् ।

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पनि सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आएपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ११ लाख ५५ हजार ९ सय ६० कित्ताको आधारमा ९४ करोड ८८ लाख ११ हजार ९ सय ६८ रुपैयाँमा आइपीओ पाइपलाइनम राखेको हो ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ताको आधारमा ८० लाख रुपैयाँका आइपीओ पाइपलाइनमा राखेको छ भने हिम रिभर पावर लिमिटेडको २६ लाख ६० हजार कित्ताको आधारमा २६ करोड ६० लाख रुपैयाँको आइपीओको लागि बोर्डमा आवेदन दिएको हो ।

पियोर इनर्जी लिमिटेडको १६ लाख कित्ताको आधारमा १६ करोडको लागि आवेदन दिएको हो । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेड कम्पनीको २८ लाख ५ हजार ७ सय ५० कित्ताको आधारमा २८ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

एकर्ड फार्मास्युटिकल्स लिमिटेडको ७ लाख ६ हजार ९ सय ९ कित्ताको आधारमा ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ । ट्रेड टावर लिमिटेडको ११ लाख ५८ हजार ९ सय ८० कित्ताको आधारमा ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको आइपीओ निष्कानको लागि पाइपलाइनमा रहेको छ भने, सानिमा हाइड्रोपावर लिमिटेडको १४ लाख ७० हजार कित्ताको आधारमा १४ करोड ७० लाख रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ लाख ५० हजार कित्ताको आधारमा ७५ करोड रुपैयाँ बराबरको निष्कानसन गर्न लागेको हो । आईएमई लिमिटेडले १० लाख कित्ताको आधारमा १० करोड रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको छ । भुजुङ हाइड्रोपावर लिमिटेडले १४ लाख ५५ हजार कित्ताको आधारमा १४ करोड ५५ लाख रुपैयाँ बराबरको निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।

जगदम्बा स्टील्स लिमिटेडले २ करोड ७० लाख कित्ताको आधारमा प्रतिकित्ता ३ सयको दरले ६ अर्ब २ करोड १० लाख बराबरको प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेको छ । सोलु हाइड्रोपावर लिमिटेडले २० करोड कित्ताको आधरमा २ अर्ब रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको हो ।

सान्भि इनर्जी लिमिटेडले ३७ लाख ९० हजार कित्ता सेयरको आधारमा ३७ करोड ९० लाख रुपैयाँको निष्कासन गर्न लागेको छ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको ११ लाख १९ हजार कित्ताको आधारमा ११ करोड १९ लाख रुपैयाँ रहेको छ ।

रिचेत जलविद्युत कम्पनी लिमिटेडको ११ लाख ७६ हजार ४ सय ५० कित्ताको आधारमा ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

होटल फरेस्ट इन लिमिटेडले ९८ लाख कित्ता सेयरको आधारमा ९८ करोड रुपैयाँ बराबरको रहेको छ । माबिलुङ इनर्जी लिमिटेड १८ लाख ९० हजार ५३ लाख रुपैयाँ बराबरको रहेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले ४२ लाख ३० हजार ६ सय ६८ कित्ता सेयरको आधारमा ४२ कारेड ३० लाख ६६ हजार ८ सय रुपैयाँको आधारमा निष्कासन गर्न लागेको हो ।

धर्म खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ लाख ५० हजार कित्ताको आधारमा ३९ करोड ५० लाख रुपैयाँको निष्कासन गर्न लागेको हो भने बेनी जलविद्युत आयोजना लिमिटेडको २० लाख ८० हजार कित्ता सेयरको आधारमा २० करोड ८० लाख रुपैयाँको निष्कासन गर्न भएको छ ।

बोर्डमा सेयर जारी गर्न आवेदन दिएका कम्पनीहरुले धितोपत्र बोर्डले तोकेको मापदण्ड पूरा गरेपछि आइपीओ जारी गर्न अनुमति पाउँने बोर्डले जानकारी दिएको छ ।बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्य सबैभन्दा बढी जगदम्बा स्टील्स लिमिटेड कम्पनीको रहेको छ ।

कम्पनीको ३ सय रुपैयाँको दरले ६ अर्ब २ करोड १० लाख बराबर २ करोड ७० लाख कित्ता सेयरको लागि बोर्डमा आवेदन दिएका छन् । कम्पनीको उक्त सेयर स्थिानिय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा जारी गर्न लागेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्