Shikhar Insurance
National Life

डलर संचिति बढेसँगै राष्ट्र बैंकले संशोधन गर्यो विदेशी विनिमय सम्बन्धि व्यवस्था, आयातकर्ताहरुलाई सुविधा थपियो

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १७:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि व्यवस्था परिमार्जन गरेको छ । राष्ट्र बैंकले डलर संचिति बढेसँगै व्यवस्था परिमार्जन गरेको हो । परिवर्तित व्यवस्था अनुसार अब विदेशी उपचार गर्न जाने नागरिकले १५ हजार डलर सटहि सुविधा पाउने भएका छन् । यसअघि यस्तो सुविधा १० हजार डलर रहेको थियो ।

तर यसका लागि भने राष्ट्र बैंकले विविध शर्त राखेको छ । यसरी डलर साट्नका लागि डाक्टरको सिफारिस अनिवार्य चाहिनेछ । यस्तै, उपचारबाट फर्केको १५ दिनभित्रमा सबै कागजात राष्ट्र बैंकमा बुझाइसक्नु पर्नेछ । विदेशी विनिमय नियमावली फारम नम्बर ४/४ (ग) जारी भएको ४५ दिनभित्र ओरिजिनल डकुमेन्ट पेश भइसक्नु पर्नेमा अब ६० दिनको म्याद राखिएको छ । जसका लागि ९० दिनभित्र सटहि सुविधा लिइसक्नु पर्नेमा अब १ सय २० दिनसम्म सुविधा पाइनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, हवाईजहाज, दुरसंचार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जाहरु तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार सम्मको सामान विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्थामा परिमार्जन गर्दै यसको सिमा १ लाख डलर पुर्याइएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि व्यवस्थालाई परिमार्जन गरेसँगै आयातकर्ता व्यवसायीहरुलाई फाइदा पुग्ने भएको छ ।

चालु वर्षको भदौ महिनासम्ममा १६ अर्ब ४ करोड अमेरिकी डलर संचिति छ । यो संचितिबाट १६.८ महिनाको आयत र १३.६ महिनाको लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने डलर संचिति छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्