Shikhar Insurance
National Life

नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुको जोड

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी खाद्यका लागि कृषि अभियानले किसानलाई केन्द्रमा राखेर नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिनुपर्ने बताएको हो ।

यस वर्ष ४४ औं विश्व खाद्य दिवस मनाउन लागिएको हो । विश्वभर रहेका कुल जनसंख्याको प्रत्येक ११ जनामध्ये १ जना भोकै रहने वर्तमान अवस्थामा खाद्य दिवस र यसले दिने सन्देश महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो समयमा प्रकृक्तिको अत्याधिक दोहनले निम्त्याएका संकटको सामना गर्दै विश्व शिखर सम्मेलनहरूमा खाना र खेतीपाती साझा चासोको विषय भएको अभियानले बताएको छ । यस वर्ष खाद्य अधिकार: उन्नत भविष्यको आधार भन्ने नारासहित ४४ औं विश्व खाद्य दिवस मनाइँदै छ ।

आम नागरिकले विषरहित पोषिलो खाना उत्पादन गर्न र खान पाउने अधिकार सुनिश्चित गर्न हावा, पानी, माटो र समग्र प्रकृति जीवन्त राख्नेकुरा सर्वाधिक महत्त्वपूर्ण रहेको विज्ञहरुको बताएका छन् । खाना र खेतीपातीको परम्परागत बाटो फेर्नैपर्ने आवश्यकता रहेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए ।

उनले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने वृहत र साहसी राजनैतिक प्रतिज्ञा गरे पनि सरकारी नीति तथा कार्यक्रममा त्यसको छनक समेत पर्न नसकेको गुनासो गरे । उनले कृत्रिम रसायन र विषादी रहित खेतीपाती र खानाको बन्दोवस्त गर्ने प्रयत्न नगरे यस्ता विकराल समस्याहरुको उपयुक्त समाधान ननिस्कने बताए । सबै तहका सरकार, नागरिक समाज, सज्वार जगत र सम्पूर्ण किसान समुदायलाई यो अभियानमा जुट्न आह्वान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्