Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकहरुले एस्थेटिक औरा स्किनमा १५ प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १५:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौंस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने गरी सो सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्