Shikhar Insurance
National Life

प्रिमियर स्टीलकाे व्यापार एक वर्षमा ४ करोड ५६ लाख, गत वर्षभन्दा १२.१५ प्रतिशतले बढी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिमियर स्टील लिमिटेडले एक वर्षमा ४ करोड रुपैयाँ बढी कारोबार गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले एक वर्षमा ४ करोड ५६ लाख ९० हजार रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत वर्ष (सन् २०२३ ) को तुलनामा ४९ लाख ५० हजार अर्थात १२.१५ प्रतिशतले बढी व्यापार गरेको हो । सन् २०२३ मा कम्पनीले ४ करोड ७ लाख ४० हजार रुपैयाँको व्यापार गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, कम्पनीले सन् २०२१ मा ६ करोड १६ लाख ९० हजार रुपैयाँ, २०२२ मा ५ करोड ८४ लाख ६० हजार रुपैयाँ कारोबार गरेको थियो । कम्पनीको ब्याज कभरेज रेसियो भने २०२१ मा ३.३१, २०२२ मा १.८६, २०२३ मा २.७४ र २०२४ मा १.५९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

श्री शिवरतन शारदाद्वारा स्थापित, प्रिमियर स्टील प्रालि शारदा समूह र राठी समूहको प्रमुख अन्तर्गतको सबैभन्दा ठूलो स्टिल उत्पादन कम्पनी हो । कम्पनी एक आइएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो, जसको दुहबी, सुनसरी, नेपालको ८०० एमटी क्षमताको उत्पादन सुविधा रहेको छ ।

कम्पनी पूर्वी नेपालको एक स्वचालित टीएमटी बार प्लान्ट हो, जसले ८ एमएम देखि ४० एमएम सम्मका विभिन्न आकारका टीएमटी बारहरू उत्पादन गर्दछ । यस्ले देशभरका ५०० रिटेल आउटलेटहरूमा उत्पादनको सहज उपलब्धता सुनिश्चित गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्