Shikhar Insurance
National Life

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर: ९ वटाको स्थिर, कुन बैंकको कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । कात्तिकमा बैंकहरूको ब्याजदर औषत ०.१८ प्रतिशतले घटेर ६ प्रतिशतमा झरेको छ । असोज महिनामा बैंकहरूको औषत ब्याजदर ६.४३ प्रतिशत रहेको थियो ।

कात्तिक महिनामा लागि ११ बैंकहरूले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुन बैंकको ब्याजदर कति ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ६.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले ७.१८ प्रतिशत ब्याजदर तोकेको थियो । बैंककाे ब्याजदर ०.१९ प्रतिशतले घटेको हो ।

नबिल बैंक

नबिल बैंकले मुद्दति निक्षेपकर्तालाई ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिना (असोज)मा बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा पनि ६ प्रतिशत नै ब्याजदर तोकेको थियो ।

नेपाल बैंक

नेपाल बैंकले मुद्दति निक्षेपकर्ताहरूलाई कात्तिकका लागि ५.९५ प्रतिशत ब्याज तोकेको छ । असोजमा पनि बैंकले ५.९५ प्रतिशत नै ब्याजदर तोकेको थियो । कात्तिकमा बैंकको ब्याजदर स्थिर रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकले मुद्दति निक्षेपकर्तालाई ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले असोजमा ६.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अघिल्लो महिना ६.१५ प्रतिशत तोकेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले मुद्दति निक्षेपमा ६.१० प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । कात्तिक महिनाको लागि बैंकको ब्याजदर स्थिर रहेको हो ।

कुमारी बैंक

कुमारी बैंकले ६.०१ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले असोजमा ६.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अघिल्लो महिना ६.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.२५ प्रतिशत, कृषि विकास बैंकले ५.७५ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकले ६ प्रतिशत, एनएमबी बैंकले ६.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.८० प्रतिशत, स्टान्डर्ड चार्टड बैंकले ६.५० प्रतिशत र एनआईएमबी बैंकले ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।

समग्रमा, कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्