Shikhar Insurance
National Life

भारतीय उद्योगपति रतन टाटाकाे निधन, राजकीय सम्मानसहित अन्त्यष्ठि गरिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २४, बिहीबार ०७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । ८६ बर्षकाे उमेरमा उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित ब्रीच कैंडी अस्पतालमा निधन भएको हो ।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो । टाटाकाे पार्थिव शरीरलाई अस्पतालबाट उनको घर लगिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टाटालाई राजकिय सम्मान दिने महाराष्ट्र सरकारका मुख्यमन्त्री एकनाथ शिन्देले घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिन्देले सामाजिक सन्जालमा लेखेका छन्-
“देशको अनमोल रत्न गुमेको छ । रतन टाटा नैतिकता र उद्यमशीलताको अपूर्व र आदर्श संगम थिए । लगभग 150 वर्षको उत्कृष्टता र अखंडताको परम्परा भएको टाटा ग्रुपको कमान्ड सफलतापूर्वक सम्हाने रतन टाटा एक जीवित किवंदती थिए ।  उनले समय-समय पर जुन निर्णय क्षमता र मानसिक दृढ़ताको परिचय दिए, त्यसले टाटा समूह एक अलग औद्योगिक उचाईमा पुग्यो । न उनी प्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्छु ।  स्व.रतनजी टाटाको अंतिम संस्कार पुरै राजकीय सम्मानका साथ गरिनेछ ।”

टाटाकाे निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, विपक्षी दलका नेता राहुल गान्धी लगायतले पनि दु:ख व्यक्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्