Shikhar Insurance
National Life

बैंक र ऋणीबिच विवाद बढ्दै : भदौ महिनामा ७६ वटा मुद्दा

सिंहदरबार संवाददाता
२०८१ आश्विन २७, आईतवार ०६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिच विवाद चुलिदै गएको छ । चालु आर्थिक वर्ष २०८१०८२ को दोस्रो महिना भदौमा मात्रै ऋण असुली न्यायधिकरणमा ७६ वटा मुद्दा दर्ता भएका छन् । न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनामा जम्मा ४५ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने ३ को मिलापत्र भएको छ ।

त्यस्तै, ५ सय १२ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ । त्यसैगरी, भदौ महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु ५१ वटा रहेका छन् । २०८१।८२ को भदौ महिनाको कुल असुली रकम ३७ करोड ६६ लाख ४६ हजार ४१३ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, गतवर्ष २०८०।०८१ सम्ममा ३५ अर्ब २८ करोड ८४ लाख ८६ हजार १ सय ७५ रुपैयाँ रकम असुली भएको थियो भने हालसम्म कुल ३५ अर्ब ८२ करोड २२ लाख १ हजार ८८८ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ । त्यसैगरी, हघिल्लो महिना ९साउन०मा जम्मा ५६ वटा मुद्दा दर्ता भएको थियो । तथ्यांक अनुसार साउनमा ४ सय ८४ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको थियो ।

साउन महिनाको कुल असुली रकम १५ करोड ५९ लाख ६९ हजार ३०८ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्