Shikhar Insurance
National Life

तरलता बढेपछि बजारबाट धमाधम पैसा तान्दै राष्ट्र बैंक, दशैँपछि कस्तो रहला बैंकहरुको ब्याजदर ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २६, शनिबार ०७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिकमा बजारमा अधिक तरलता बढी भएपछि राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको छ । आर्थिक गतिविधिमा सुधार आउने र कर्जा प्रवाह बढ्ने आकँलन गरिरहेको बेला तरलता प्रवाह बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को असोज महिनामा मात्रै २ खर्ब २५ अर्ब रुपैयाँ बजारबाट खिचेको छ । नेपाल राष्ट्र बैंकले असोज २ गते बजारबाट २५ अर्ब रुपैयाँ उठाएको थियो । २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाएको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज भने बैंकहरुले असोज २३ गते फिर्ता पाउने राष्ट्र बैंकले जनाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, राष्ट्र बैंकले असोज ६ गते बैंकिङ प्रणालीबाट ३० अर्ब रूपैयाँ खिचेको थियो । बैंकले असोज ६ गतेदेखि असोज २० गतेसम्मका लागि सो रकम तानेको थियो । त्यस्तै, राष्ट्र बैंकले असोज ९ गते फेरी बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । बजारमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ खिचेको हो । १४ दिन अवधीका लागि राष्ट्र बैंकले उठाएको सो रकमको साँवा तथा ब्याज बैंकहरुले असोज २३ गते फिर्ता पाउने राष्ट्र बैंकले जनाएको थियो ।

त्यसैगरी, राष्ट्र बैंकले असोज १३ गते ५० अर्ब, असोज १६ गते ५० अर्ब र असोज २१ गते ४० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले न्युनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा निस्शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्नेछन् ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । अर्थात सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्नेछ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत लगातार तरलता तानिरहेको छ ।

सानिमा बैंकको पूर्व कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालका अनुसार दसैँपछि बैंकहरुको ब्याजदर बढ्नेछ । उनले भने, ‘दशैँ अगाडि चाँही ब्याजदर बढ्ने अवस्था म देख्दिन । अहिले बाढी, पहिरोले धेरै पूर्वाधारहरुमा क्षति भएको छ । लगभग छठ पछि चाँही ती पूर्वाधारहरु निर्माण हुन्छ । अनि अर्थतन्त्रले गति लिन्छ र ब्याजदर पनि बढ्छ।‘

उनले बैंकहरुले कर्जा विस्तार गरिरहेको भएपनि ब्याजदर भने तत्काल बढ्ने स्थिति नभएको बताए । उनले असोज ११ गतेदेखिको भारी वर्षाले बढी क्षति भएकाले पनि हाल ब्याजदर बढ्न सक्ने अवस्था नभएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्