Shikhar Insurance
National Life

नेपालमा धेरै उपभोग हुने १० उत्कृष्ट वस्तु, इभी स्मार्ट फोन सहित विलासी वस्तुले हिस्सा बढाउँदै

सिंहदरबार संवाददाता
२०८१ आश्विन २९, मंगलवार ०८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको भदौ महिनासम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु वर्ष गतवर्ष भन्दा १.०८ प्रतिशत आयात बढेको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ आयात भएको थियो । चालु वर्षको भदौ महिना सबैभन्दा धेरै आयात हुने वस्तुहरुको पहिलो नम्बरमा डिजेल रहेको छ । भदौ महिनामा डिजेल १ लाख ४४ हजार ७ सय २४ किलोलिटर आयात भएको छ । जसका लागि नेपाल आयल निगमले १३ अर्ब ६४ करोड ५२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । सो मार्फत नेपाल सरकारले ५ अर्ब ८४ करोड ५६ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, भदौ महिनासम्ममा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा दोस्रो नम्बरमा पेट्रोल रहेको छ । भदौ महिनामा पेट्रोल १ लाख २० हजार १ सय ३१ किलोलिटर आयात भएको छ, यसका लागि आयाल निगमले भारतीय आयल कर्पोरेशनलाई ११ अर्ब ६ करोड ५२ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ । सो मार्फत ६ अर्ब ८९ करोड ६६ लाख ८१ ह्जार रुपैयाँ राजस्व सरकारले प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा ग्यास रहेको छ । भदौ महिनामा नेपालमा ८ करोड ८५ लाख ३८ हजार ८ सय ८२ केजी पेट्रोलियम ग्यास आयात भएको छ । भारमा यसको मूल्य ९ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपैयाँ छ । त्यसैगरी,  धेरै आयात हुने चौथो नम्बरमा फलाम आयात भएको छ । २ महिनामा ७ अर्ब ७४ करोड २८ लाख ५९ हजार रुपैयाँ बराबरको फलाम आयात भएको छ । यस्तै, ५ अर्ब ९२ करोड ५२ लाख ४३ हजार रुपैयाँको रोल्ड फलाम तथा स्टील आयात भएको छ ।

यस्ता छन् धेरै आयात हुने अन्य वस्तु

औषधी

भदौ महिनामा ३० लाख ९ हजार ९ सय ४३ केजी औँषधी आयात भएको छ । नेपाली व्यवसायीहरुले सो आयात गर्नका लागि ५ अर्ब १ करोड ६६ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ । सो मार्फत नेपाल सरकारले २६ करोड ८८ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ ।

सूर्यमुखी तेल

भदौ महिनामा मात्रै ३ करोड ३९ लाख ५७ हजार ६९५ लिटर सुर्यमुखी तेल नेपाल भित्रिएको छ । जसका लागि नेपाली व्यवसायीहरुले ४ अर्ब ४५ करोड ८६ लाख ७१ हजार रुपैयाँ विभिन्न देशमा खर्च गरेका छन् । सो मार्फत नेपाल सरकारले ९६ करोड ९२ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको छ ।

स्मार्ट फोन

नेपालमा सूचना प्रविधिको प्रयोग बढेसँगै स्मार्ट फोन प्रयोगकर्ताहरु पनि बढ्दै गएको छ । १० वर्षदेखिका बालबालिकाहरुले समेत स्मार्ट फोन प्रयोग गर्न थालेका छन् । जसका कारण नेपालमा स्मार्ट फोनको आयात झन्- झन् बढ्दै गएको छ ।

भदौ महिनामा नेपालमा चिनबाट मात्रै ३ लाख १८ हजार ९०३ वटा स्मार्ट फोनहरु आयात भएको छ । सो स्मार्ट फोन आयात गर्न नेपालीहरुले ४ अर्ब ६ करोड ७२ लाख ७४ हजार रुपैयाँ विभिन्न देश पठाएको छ । जसमार्फत नेपालमा ७५ करोड ८४ लाख ३४ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

युरिया

भदौ महिनामा नेपालमा ६ करोड ६२ लाख ९३ हजार ५१५ केजि युरिया भित्रिएको छ । मल खरिदका लागी सरकारले ३ अर्ब ६४ करोड १२ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ ।

ईभी

नेपालमा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मको ईभी एक महिनामा ६ सय ६२ वटा आयात भएको छ । सो ईभी आयातका लागि नेपाली व्यवसायीहरुले १ अर्ब ८७ करोड २७ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । जसमार्फत सरकारले १ अर्ब १९ करोड ३६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, नेपालले भदौ महिनामा ल्यापटप तथा नोट बुक आयातका लागि १ अर्ब ७२ करोड २० लाख १३ हजार रुपैयाँ, ऐसेम्बल मोटरसाइकल आयातका लागि १ अर्ब ६६ करोड ११ लाख ५२ हजार रुपैयाँ, ताजा लसुन आयातका लागि १ अर्ब ५२ करोड ५८ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, एक महिनामा नेपाली व्यवसायीहरुले १ अर्ब ४० करोड ९१ लाख ९९ हजार रुपैयाँको अरु धान, १ अर्ब ३९ करोड ४ लाख ९९ हजार रुपैयाँको सिन्थकिट फाइबर, रंगिएको किन्टेड वा क्रोचेटेड कपडा आयातका लागि विभिन्न देशमा खर्च गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्