Shikhar Insurance
National Life

भारतबाट एक किलो सुन तस्करी गर्दा १४ लाख मार्जिन, ८० प्रतिशतले घट्यो आयात अर्थ मन्त्रालयलाई छैन चिन्ता

सिंहदरबार संवाददाता
२०८१ आश्विन २७, आईतवार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतबाट नेपालमा एक किलो सुन तस्करी गर्दा १३ लाख ७० हजार १ सय रुपैयाँ मार्जिन बस्ने भएको छ । भारतमा भन्दा नेपालमा भन्सार महसुल बढी भएपछि भारतबाट नेपाल सुन तस्कर हुने क्रम बढेको हो ।

भारतमा असोज २३ गतेको मूल्य अनुसार प्रतिग्राम सुनको १२ हजार २७० रुपैयाँ पर्छ । यस्तै, नेपालमा एक ग्राम सुन खरिद गर्नका लागि (असोज २३ गते)को मूल्य अनुसार १३ हजार ६४० रुपैया तिर्नुपर्छ । यसरी नेपाल र भारतमा प्रतिग्राम नै १३ सय ७० रुपैयाँ फरक छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस हिसाब अनुसार यदि एक किलो सुन भारतबाट नेपाल भन्सार छलि गरेर ल्याउँदा १३ लाख ७० हजार १ सय मार्जिन बस्ने गर्छ । यसअघि नेपालको भन्दा भारतमा भन्सार महसुल बढी हुदाँ नेपालबाट भारत सुन तस्करी हुने गर्दथ्यो भने अहिले भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको छ ।

सरकाररले सुनमा कर बढाएसँगै सुन आयातमा ८० प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा नेपाली बैंक तथा वित्तिय संस्थाले ५ लाख ग्राम अर्थात ५ सय किलो सुन आयात गरेको तथ्यांक छ । तर चालु वर्षको २ महिनामा भने १ सय किलो मात्रै सुन आयात भएको देखिन्छ ।

भारतबाट सुन तस्कर भैरहेको सूचना प्रहरी र व्यावसायीहरुले निरन्तर सरकारलाई जानकारी गराइरहेका छन् । तर अर्थ मन्त्रालयले भन्सार महसुल घटाउनेतर्फ कुनै निर्णय लिन सकेको छैन । अर्थ मन्त्रालय स्रोतका अनुसार सुन आयातमा गिरावट भएको विषयमा मन्त्री तथा सचिव जानकार छन् । तर समास्या समाधानतर्फ मन्त्रालय अघि बढेको छैन ।

पुर्वअर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार महसुल वृद्धि गरेका थिए । चालु वर्षदेखी अर्थ मन्त्रालयले सुनमा भन्सार महसुल बढाएर २० प्रतिशत पुर्याएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्