Shikhar Insurance
National Life

साताको पुँजीबजार: ७०.६८ अंकले बढ्यो सेयर बजार, दसैँपछि कस्तो रहला ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २४, बिहीबार १४:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । यो हप्ता चार दिन सेयर कारोबार भएको छ । साताको चार दिन सेयर कारोबार हुँदा समग्रमा सेयर बजार ७०.६८ अंकले बढेको छ । साताको ३ दिन (आइतबार, सोमबार र बुधबार) सेयर बजार बढेको छ भने मंगलबार एकदिन सेयर बजार घटेको छ ।

आइतबारदेखि बुधबारसम्म ४ करोड ९५ लाख ३५ हजार ३४६ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५८ करोड ९३ लाख ९९ हजार ७८४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५६.०९ अंकले बढेर २६५३.५८ मा पुगेको थियो । आइतबार ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५ रुपैयाँ संकलन भएको थियो ।

आइतबार २१९ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको मूल्य घटेको छ घने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको थियो र वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको थियो ।

त्यस्तै, साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.३ अंकले बढेर २६९०.७२ मा पुगेको थियो ।

सोमबार ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँको कारोबार भएको थियो । सोमबार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सोमबार थि स्टार हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको थियो भने स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागको थियो ।

त्यसैगरी, साताको तेस्रो कारोबार दिन (मंगलबार) भने सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ मा पुगेको थियो । मंगलबार ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४.३४ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, मंगलबार मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको थियो भने इष्टन हाइड्रोपावरको सेयर मूल्य ८.५० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ मा पुगेको हो ।

बुधबार २९४ कम्पनीको ८३ लाख १२ हजार ६ सय ८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँ कारोबार भएको छ । बुधबार १३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार मिड सालु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्