Shikhar Insurance
National Life

धितोपत्र बोर्डका अध्यक्ष भन्छन्ः जे गरियो ठिक गरियो, पछि हट्ने कुरै आउँदैन

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार २१:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले ५१ वटा सूचिकृत कम्पनीहरुको अवस्थाबारे बोर्डले अघि सारेको धारणाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । बुधबार दिनभर बोर्ड आफ्नो धारणाबाट पछि हट्न लागेको हल्ला चलेको थियो । साँझ अध्यक्ष सिंहदरबारसँग भने–‘जे गरियो ठिक गरियो, हामी पछि हट्दैनौं । लामो अध्ययनपछि यस्तो निर्णय गरेका हौं ।’

उनले अमेरिकामा हुन्थ्यो भने ५१ वटै कम्पनीहरुको सेयर कारोबार नै बन्द हुने अवस्था आउथ्यो तर आफुहरुले त्यसो नगरेको पनि बताए । ‘अमेरिकामा भएको भए यी कम्पनीहरुको सेयर कारोबार नै बन्द हुने थियो । हामीले कारोबार त रोकेका छैनौं नी ।’, अध्यक्ष ढुंगानाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बजारको दिगो र सन्तुलित विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । आफुले बजारमा हस्तक्षेप नगर्ने तर बिभिन्न पक्षहरुको मिलेमतोमा निश्चित कम्पनीहरुको सेयर मूल्य बढाएर सोझा लगानीकर्तालाई फसाउने कुरा भने आफुलाई सह्य नहुने पनि स्पष्ट पारेका छन् ।

सबैलाई कारवाहीको नजिर
बोर्ड स्रोतका अनुसार ५१ वटा कम्पनीहरुको सेयर मूल्य अनावश्यक रुपमा बढाउन भूमिका खेल्ने सबैलाई कारवाही गर्ने निष्कर्षमा निकालिएको छ । ‘यो हचुवाका भरमा निकालिएको विज्ञप्ति होइन, त्यसमा कोर टिमले विस्तृत अध्ययन गरेको छ, सबैलाई कुनै न कुनै कारवाही गरेर नजिर बसाल्ने योजना बनेको छ’, बोर्ड स्रोतले भन्यो ।

बोर्डले लामो समय लगाएर ती कम्पनीहरुको सेयर मूल्यमा भैरहेको उचार चढाव र त्यसमा संलग्नहरुको विवरण तथा सूचना आदान प्रदानको सम्पूर्ण विवरण बोर्डले संकलन गरिसकेको छ । सोही आधार आन्तरिक रुपमा छलफल गरेर बलियो आधारसहित बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको निष्कर्षसहितको धारणा सार्वजनिक गरेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्