Shikhar Insurance
National Life

पाक्न लागेको धान बाढीले ध्वस्त, सप्तरीका किसान मर्कामा

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १०:१५
Hyundai
NCELL
NIMB

सप्तरी । पाक्न लागेको धान बाढीले ध्वस्त पारेकाे छ । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको छ ।

उनले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताए । ‘राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ’ उनले भने ‘जसका कारण उनीहरू ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार यहाँका किसानले यो समस्या तीन वर्षदेखि झेल्दै आएका छन् । यसबारे पटक पटक नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको भनाइ छ ।

स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको बताए । ‘पाँचदेखि छ मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ । अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन’ उनले भने ।

यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो । स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताए । यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्