Shikhar Insurance
National Life

राजस्व प्रशासनमा ‘चेन अफ कमान्ड आवश्यक छ’- अर्थसचिव घिमिरे

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार २२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व प्रशासनमा ‘चेन अफ कमान्ड’को भुमिका ठूलो हुने अर्थ सचीव रामप्रसाद घिमिरेले बताएका छ्न् । आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थ सचीव घिमिरेले संस्थामा चेन अफ कमान्डको ठूलो अर्थ हुने बताएका हुन् ।

बाहिरी शक्तिको आडमा आफ्नो चेन अफ कमान्डलाई नमान्ने परिपाटी बढेको भन्दै यस्तो गतिविधि नगर्न कर्मचारीहरुलाई सचिव घिमिरेले चेतावनी दिए । सचीव घिमिरेले भने, ‘संस्था एकतिर हुन्छ व्यक्ति अर्कोतिर हुन्छ, व्यक्तिको चित्त नबुझ्दा संस्थाको हित विपरित जानु हुदैंन, संस्था कमजोर भयो भने व्यक्ति समेत कमजोर हुन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

केहि कर्मचारीहरुले व्यक्तिगत महत्वकाँक्षा बढाउँदा चेन अफ कमान्डमा नबस्ने र एकले अर्काको कुरा काट्दै हिड्दा समस्या बढ्ने सचिव घिमिरेको भनाई छ । अर्थ सचिव घिमिरेले थपे, ‘चेन अफ कमान्ड नमानेर विषय मकहाँ आइपुग्यो भने सो विषय सह्यै हुदैंन, हामी सधैं संस्थागत एकतामा बाधिनुपर्छ एकले अर्कोको कुरा काटेर हामी आफैं कमजोर हुन्छौं ।’

राजस्व प्रशासन सूचना प्रणालीको अधिकतम उपयोग गर्नुपर्ने सचिव घिमिरेको भनाई छ । राजस्व प्रणालीमा इ-असिस्टमेन्ट आइटी प्रणाली सुधारका लागि उच्चतम प्रविधिको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । सूचना प्रविधिको विकास सँगसगै राजस्व प्रणालीको आइएटी सुरक्षामा पनि सजग रहुनपर्ने सचिव घिमिरेको भनाई छ ।

राजस्व प्रशासनका सबै कर्मचारीहरुको क्षमता विकास गर्नका लागि अर्थ मन्त्रालय पुर्ण रुपमा तयार रहेको उनले बताए । सचिव घिमिरेले थपे, ‘नजान्नु भनेको ठूलो अवसार हो, मैले जानिसकेको छु मैले बुझिसकेको छु, संस्थान्दा सक्षम म छु भन्ने क्लोज माइन्डेडले काम नगर्न सम्पुर्णमा म सुझाव दिन चाहान्छु ।’

राजस्व प्रशासनले उठाएको मुद्दा पछिल्लो समयमा हार्ने क्रम बढेको प्रति चिन्ता व्यक्त गर्दै सचिव घिमिरेले यसमा मन्त्रालयले अनदेखा नगरेको बताए । उनले थपे, ‘राजस्व प्रशासनले उठाएको मुद्दाहरु पछिल्लो समय हार्ने क्रम बढेको छ यसमा मन्त्रालयले अनदेखा गरेको छ भन्ने होइन, किन यस्तो भैरहेको छ यसमा कहाँ चुकिरहेका छौं, यहाँ महालेखा परिक्षक सहमहालेखा परिक्षकले निकै राम्रो कुराहरु उठाएर जानु भएको छ उहाँहरुको कुरा सुन्ने मात्रै होइन कार्यान्वयन समेत गर्नुपर्छ ।’

राजस्व बढाउने नाममा करदातालाई सक्याउने गरी काम गर्नु नहुने सचिव घिमिरेको भनाई छ । ‘कम्प्लायान्स बढाउने नाममा करदाताप्रति निर्मम हुनुपर्छ भन्ने होइन, उसको व्यापार नै सक्याउने गरि काम गर्नु हुँदैन सचिव घिमिरेले भने राज्यले व्यापार व्यवसाय नै सक्काउने गरि काम गर्नु हुँदैन । सुधार सम्भव छ । भनेर काम गर्नुपर्छ । अनुगमन गर्ने भनेको व्यवसायी भेटेर आउने विषय होइन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्