Shikhar Insurance
National Life

बैंकका संस्थापकहरुले आफ्नै बैंकबाट ऋण लिन पाउने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका लगानीकर्ताहरुलाई आफ्नै संस्थाबाट ऋण लिन पाउने सुबिधा उपलब्ध गराएको छ । हालसम्म राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तिय संस्थाको संस्थापक सेयर धारण गरेका लगानीकर्ता वा फर्महरुलाई ऋण नदिने व्यवस्था कार्यान्वयन गरिरहेको थियो । त्यस्तै, बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीका एक प्रतिशत भन्दा बढी सेयर धारण गर्ने लगानीकर्ता, फर्म वा कम्पनीले पनि सोही बैंक तथा वित्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था अहिलेसम्म थियो । तर अब भने कुनै पनि बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतसम्म सेयर धारण गर्ने संस्थापक सेयरधनी र एक प्रतिशतसम्म साधारण सेयर धारण गर्ने व्यक्ति तथा फर्म वा कम्पनीले आफ्नै संस्थाबाट ऋण लिन पाउनेछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया) संसोधनका लागि पठाएको व्यवस्थाको ठिक विपरिद हुने गरि बैंकका सेयरधनीहरुले आफ्नै संस्थाबाट सहजै ऋण लिन पाउने सुबिधा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले बाफिया संसोधनका क्रममा भने एक प्रतिशत भन्दा बढी सेयर लिने(एकाघरसहित)का ऋणीहरुलाई बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ । बैंकर र व्यवसायी छुट्याउने भन्दै कडा कानुनका पक्षमा उभिएको राष्ट्र बैंक सर्कुलरमा भने नरम रुपमा प्रस्तुत भएको हो । राष्ट्र बैंकको नयाँ सर्कुलरका कारण अब बैंकका लगानीकर्ताहरुले दबाव मार्फत आफ्नै संस्थाबाट ऋण लिने बिकृत बढ्ने बैंकरहरुले गुनासो गर्न थालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्