Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि उच्च गिरावट

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३९ अंकले बटेर २६६३.३२ को बिन्दुमा बजार बन्द भएको छ ।

मंगलबार ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४.३४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार एनएलजी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड १७ लाख ६१ हजार ६ सय ६८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय २ रुपैयाँ रहेको छ ।

मंगलबार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, सोमबार १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने इष्टन हाइड्रोपावरको सेयर मूल्यमा ८.५० प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्