Shikhar Insurance
National Life

राष्ट्र बैंकले वालेटमा बढायो सिमा, एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १४:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले वालेटमा रकम जम्मा गर्ने संख्या बढाएको छ । बैंकले अस्थायी रुपमा भुक्तानी सीमा (संख्या) बढाएको हो ।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अप्रा निर्देशन नं ५/०८० को बुँदा नं ३ (२) मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो । राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि भुत्तानीको सिमा बढाएको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्