Shikhar Insurance
National Life

सिटिजन लाइफकाे ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न भएको छ ।उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम भदौमा ३ दिनसम्म काठमाडौंकोे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा ३ दिनसम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरुलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्