Shikhar Insurance
National Life

‘कर्मचारीको करदातासँग सुमधुर सम्बन्ध हुनुपर्छ तर धेरै घनिष्ठ हिमचिम फलदायी हुदैंन’- राजस्व सचिव घिमिरे

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व प्रशासनको कर्मचारीहरुको करदातासँग घनिष्ठ हिमचिम फलदायी नहुने राजस्व सचिव दिनेश घिमिरेले बताएका छन् । सचिव घिमिरेले करदातासँग सुमधुर सम्बन्ध हुनुपर्ने तर धेरै घनिष्ठ सम्बन्ध फलदायी नहुने बताएका हुन् ।

आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीमा बोल्दै सचिव घिमिरेले राजस्व प्रशासनमा सुद्धिकरण आवश्यक रहेको बताएका हुन् । सचिव घिमिरेले भने, ‘कतिपय कुराहरु पढेर आउँछ भने कतिपय कुराहरु व्यावहारबाट आउँछ । व्यावहारबाट आउने सुझावले सरकारलाई पनि मार्गनिर्देशन गर्दछ । करदातासँग सुमधुर सम्बन्ध पनि हुनुपर्छ । तर धेरै घनिष्ठ हिमचिम पनि फलदायी हुदैंन । यसमा हामीले आफ्ना आचरण र व्यावहारलाई सुधार गर्नुपर्दछ । कतिपय कानुनी छिद्रबाट भएका कमजोरीलाई पनि हामीले आगामी दिनमा सुधार गर्दै लैजानु पर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजस्व प्रशासनमा कर छलि गर्ने प्रचलन छ, करको दायारा कम छ । कर कानून जटिल छ । बुझाउन असहज भैरहेको सचिव घिमिरेको भनाइ छ । राजस्व सचिव घिमिरेले थपे, ‘राजस्व छुट दिएका छौं तर त्यो छुट लक्षित वर्गले पाउन सकिरहेको छैन । हाम्रा आचारण र व्यवहार अनुशासन कमिका विषयहरु कर प्रशासन कमजोर भएको विविध कारणले अडिट प्रणाली पनि कमजोर छ । अन्डर इन्भ्वाइसिङ करदाता शिक्षाको कमिले गर्दा पनि समस्या बढिरहेको छ ।’

निजि क्षेत्रबाट पनि नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने विषयहरु प्राप्त भएका छन् । आर्थिक अपराधमा २ किसिमले भुमिका खेलेको हुन्छ । पहिलो परिस्थिति र दोस्रो मनशाय । यदि परिस्थितिले यस्तो गरिएको हो भने कानूनी गल्ति नमान्ने कानुनको सिद्धान्त छ । आयकर ऐनलाई समसामयिक रुपमा सुधार गर्नुपर्ने विषयलाई आत्मसाथ गर्नुपर्ने सचिव घिमिरेले बताए ।

‘अहिले फेसलेस अडिटको कुरा समेत आएको छ । यसले एक हदसम्म समस्या समाधान गर्छ । विभिन्न देशमा थर्डपाटी अडिट सिस्टम लागू भैसकेको छ राजस्व सचिव घिमिरेले भने यदि हामीले थर्डपाटी एसेसमेन्ट गर्न सक्यौं र हामीले फेसलेस अडिट गर्न सक्यो भने कर कम्प्लायान्स पनि बढ्दै जानेछ ।’

सचिव घिमिरेले थपे, ‘हाम्रो प्रणाली कमजोर छ । हामीले व्यवस्थापनलाई हेरेर प्रणाली बनायौं । प्रयोगकर्तालाई हेरेर प्रणाली बनाउँन सकेनौं । अब हामीले सोफेस्टिकेटेड प्रणाली विकास गर्नुपर्छ । कतिपय निर्णय प्रकृयामा हामी सिमिततमा छौं, एक त हामी ज्ञानको कमिमा छौं । अर्को सूचनाको कमि । यसलाई हामीले आफ्नो दायारालाई बढाउँदै लानुपर्नेछ । जति पनि बक्यौता देखिरहेका छन् । ती विवादलाई निरुपण गर्नुपर्ने आवश्यक छ । राजस्व प्रशासनमा हामीले शुद्धिकरणको स्थिति स्थापित गर्न सकौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्