Shikhar Insurance
National Life

सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्यो : दशैं तिहार विदामा पनि उपचार हुन्छ

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट सारेका हुन् ।

दशैँ, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक विदा अस्पतालहरुमा पनि हुने गर्दछ । ती विदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए । उनले सार्वजनिक विदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक विदा दिर्ने गर्दछ । तर ती सार्वजनिक विदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताए ।

दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक विदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक विदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा.अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको जानकारी दिए ।

अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा। अधिकारीले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्