Shikhar Insurance
National Life

मन्त्री अधिकारीले वितरण गरे १५ सय परिवारलाई लालपुर्जा

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १५:५९
Hyundai
NCELL
NIMB

बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहिन, किसान, सुकुम्वासी र वषौंदेखि बसोबास गरिरहेका अव्यवस्थीत बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् ।

कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरिने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक ( मिनाह डिहि) मा बषौंदेखि अलपत्ररुपमा बसोबास गरेका परिवारहरुलाई लालपुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु खुसि भएका थिए । वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्तीपाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्