काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३७.१३ अंकले बढेर २६९०.७२ को बिन्दुमा बजार बन्द भएको छ ।
सोमबार ३०५ कम्पनीको ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँ १७ पैसा को कारोबार भएको छ ।
सोमबार चन्द्रागिरी हिल्स्को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड २३ लाख १७ हजार ६ सय ७१ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ५२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्