काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३७.१३ अंकले बढेर २६९०.७२ को बिन्दुमा बजार बन्द भएको छ ।
सोमबार ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँ १७ पैसा को कारोबार भएको छ ।
सोमबार चन्द्रागिरी हिल्स्को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड २३ लाख १७ हजार ६ सय ७१ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ५२ रुपैयाँ रहेको छ ।
सोमबार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, सोमबार थि स्टार हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ भने स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागको छ ।
प्रतिक्रिया दिनुहोस्