काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ अंकले पुगेको हो ।
सोमबार ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँ कारोबार भएको छ ।
आज इष्टर्न हाइड्रोपावर कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, कुमारी सवल योजनाको ७.४० प्रतिशत, वीन नेपाल लघुवित्तको ६.१४ प्रतिशतसहित ८७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्