Shikhar Insurance
National Life

द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै शिखर इन्स्योरेन्स

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १४:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज ११ गते देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षति भएका पूर्वाधारहरुमा बीमा कम्पनीहरुले धमाधम बीमा दाबी भुक्तानी गरिरहेका छन् । ती मध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त भएका बीमा दाबीहरुको द्रुत गतिमा भुक्तानी गरिरहेको छ ।

बाढीबाट क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला सम्पत्तिहरुको अग्रिम दाबी भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ । सम्बन्धित विमितहरुले दाबी भुक्तानी प्राप्त गर्न कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसँग वा ९८०२३२०८२०, ९८०११५०४४६, ९८०२३३६४६५ र ९८४९६७०२६२ नम्बरमा सम्पर्क गर्न समेत कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ग्राहकको आवश्यकता अनुसार उचित मूल्यमा बीमा पोलिसी विकास गर्ने, बीमा उद्योगमा प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्दै आएको जनाउँदै छ । बीमित र बीमाकर्ता बीचको सम्बन्ध विश्वासमा आधारित रहेको विश्वास व्यक्त गरेको छ ।

त्यस्तै, ग्राहकको अपेक्षाभन्दा उच्च गुणस्तरीय सेवा प्रदान गरी बीमा उद्योगका लागि नयाँ मापदण्ड तय गर्ने कम्पनीले उद्देश्य रहेको पनि कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्