Shikhar Insurance
National Life

सानिमा बैंकले हस्तान्तरण गर्‍याे १० लाखको दुर्घटना बीमा रकम

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक श्री माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । दुर्घटनाका कारण मृत्यु भएका भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खालेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्