Shikhar Insurance
National Life

७ खर्ब १ अर्ब आन्तरिक राजस्व उठाउन सकेनौं भने हामी कोहि पनि सुरक्षित हुँदैनौं : अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ७ खर्ब १ अर्ब आन्तरिक राजस्व उठाउनु पर्ने बताएका छन । सोमबार आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीमा बोल्दै विभागले लिएको लक्ष्य पूरा नभए कोहि पनि सुरक्षित नहुने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री पौडेलले भने ‘गोष्ठीमा प्रमुख अतिथिले बोलेको विषयले ज्ञान बर्द्क हुन्छ जस्तो मलाई लग्दैन । निजि क्षेत्रका आवजलाई राम्ररी सुनिदिनु होला । आवाधिक लक्ष्य छन । ३१.६ प्रतिशात लक्ष्य राखिएको छ । लक्ष्य पूरा गर्नका लागि यो गोष्ठीले पूरा गर्नुपर्छ । यो टार्गेट पूरा गर्नका लागि समस्या के छ । सो समस्या समाधानका लागि हामी केन्द्रित हुनुपर्छ ।’

मन्त्री पौडेलले भने ‘अहिले हाम्रा सामु चुनौती थपिएका छन र यसका बावजुत पनि हाम्रो उदेश्य पूरा हुनुपर्छ । मैले भनेको छु यो लक्ष्य पूरा गर्नका लागि तयार रहनुपर्छ । यदि राजस्वको लक्ष्य पूरा भएन भने विभागीय प्रमुख, कार्यालय प्रमुख, मन्त्री कर्मचारी कोहि पनि सुरक्षित छैनौं । ’

करदातासँग मीठो बोलिदिन मन्त्री पौडेलले आग्रह गरेका छन । ‘मीठो बोल्दैमा हाम्रो के जान्छ । मैले कर्मचारीले गर्ने व्यवहारको बारेमा उदाहरण लिने गरेको छु । केही सुधार भएको छ तर अझै सुधार गर्नुस । करको लिकेज कहाँ कहाँ छ तपाईंहरुलाई थाहा छ । मेरो तर्फबाट हुने सबै समर्थन गर्न तयार छु ’ मन्त्री पौडेलले भने ।

कर्मचारीहरु लोक सेवा पास गरेर आउनु भएकाले यसलाई कृएटिभ रुपमा प्रयोग गर्न मन्त्री पौडेलले आग्रह गरे । गोष्ठीमा भएको छ्लफलको निष्कर्स आफुलाई दिन मन्त्री पौडेलले आग्रह गरेका छन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्