Shikhar Insurance
National Life

नेक्सजेनको साधारण सभा सम्पन्न,नाम परिवर्तन र नया संचालक मन‍ोनयन

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको असोज १९ गते ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनिका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका हुन् ।

सभाले आव २०८०/८१ को वित्तिय बिबरण पास गर्दै सेयरधनिहरुलाई ५ प्रतिशत नगद लाभाशं वितरणको प्रस्ताव पनि पारित गरेको छ। सभामा कम्पनीको नाम परिवर्तन गरि ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रालि’ राख्ने निर्णय भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले भबिष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ। त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरु मर्जर गर्ने निर्णय गरेको छ।

साथै सोही सभाले आगामि चार बर्षको लागि देबेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज९ माधव० दवाडि लाई संचालकमा निर्बिरोध मनोनयन गरेको छ। संचालकको मनोनयन पछि सभामा नै संचालकहरुले एक मतले अध्यक्षमा देबेन्द्र प्रताप शाहलाई र रमेश कुमार भट्टराईलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने घोषणा गरेको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्