काठमाडौं । नेपाल लाइफ इन्सोरेन्सले दशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । इन्सोरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।
यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ । उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ । यस प्रतिस्पर्धामा कार्तिक २४ गतेसम्म सहभागी हुन सकिनेछ । साथै, इन्स्योरेन्सले सबैमा दशैंको शुभकामना पनि टक्र्याएको छ ।
प्रतिक्रिया दिनुहोस्