काठमाडौं । पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए ।
गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गर्भधारण गरेका र सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरुको जोखिम अझ बढी हुने बताए ।
उनकाअनुसार विकसित देशहरुमा करिव १० प्रतिशत सुत्केरी महिलाहरुमा मानसिक समस्या देखिने गरेको छ । नेपाल जस्ता न्युन आय भएका देशहरुमा २० प्रतिशत महिलाहरुलाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा अधिकारीले बताए ।
उनले सुत्केरी पश्चाद् एक वर्षभित्र मृत्यु हुने महिलाहरुमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको बताउँदै नेपालको अवस्थामा १०९८, २००८/२०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरुमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको बताए ।
सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानिजानि गरिएको आत्महत्यबाट हुने गरेको तथ्यांकले देखाएको बताए । उनले गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने डा अधिकारीले बताए ।
स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज, मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको बताए ।
उनले भने, ‘महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको छ । स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज रहेको मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको देखिन्छ ।’
उनले मानसिक समस्याहरुको समयमै पहिचान गरे भएका साधन श्रोतबाट उपचार सम्भव रहेको बताए । नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने ब्लड स्पट टेस्टलाई न्यु बर्न स्क्र्यानिङ टेस्ट भनिन्छ । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखि मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ ।
मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।
परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताए । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरुको परीक्षण गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्