Shikhar Insurance
National Life

नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो ५१ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकोमा कोषलाई धन्यबाद दिए ।

असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्‍याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए पनि क्षतिको विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्