Shikhar Insurance
National Life

लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टबीच एडभाइजरी सेवा प्रदान गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ आश्विन १९, शनिबार १३:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।

सो सम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्लोबल इक्विटी फन्ड लिमिटेड (जीईएफ)ले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो ।

२९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपैयाँ र जारी पुँजी १२० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्