Shikhar Insurance
National Life

राष्ट्र बैंकमा जागिर खुल्यो, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले अलाइन दरखास्त गर्न योग्य नेपाली नागरिकहरुलाईन आह्वान गरेको छ । बैंकले रक्षक, सिपाही, सिपाही (महिला), पिपा, सवारी चालक र खरिद अधिकृत पदका लागि दरखास्त गर्न आह्वान गरेको हो ।

उक्त पदका लागि एसईईदेखि मास्टर डिग्री उत्तीर्णलाई मान्यता दिने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।  सबै पदको परीक्षा कार्यक्रम (लिखित, प्रयोगात्मक र अन्तर्वार्ता) काठमाडौंमा सञ्चालन हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योग्यता पुगेका इच्छुकहरुले असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार दरखास्त दस्तुर भुक्तानी नभएका, म्याद नाघी प्राप्त हुन आएका वा रीत नपुगी पेश हुन आएका दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण पेश गरी दरखास्त फाराम भरेमा सोको उम्मेदवार स्वयं जवाफदेही हुनुपर्ने र शर्त राखी कुनै पनि दरखास्त स्वीकृत नहुने बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्