Shikhar Insurance
National Life

इजिप्टको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर २.४ प्रतिशतमा झर्‍यो

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । इजिप्टको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख गरेको हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भूराजनीतिक तनाव र सरकारले वृहत आर्थिक स्थिरता पुन:स्थापना गर्न सरकारले अपनाएको मितव्ययिता नीतिहरू, विशेष गरी सार्वजनिक लगानीको कडा शासनमार्फत गिरावटको श्रेय दिएको छ ।

सुएज नहर राजश्व क्षेत्रीय भूराजनीतिक तनावबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ । गत आर्थिक वर्षको तुलनामा २०२३/२४ आर्थिक वर्षमा ३० प्रतिशतले गिरावट आएको छ ।

साथै नयाँ इनार अन्वेषणमा वैदेशिक लगानी कम भएकाले तेल र प्राकृतिक ग्यासको उत्पादन ४.७ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्