Shikhar Insurance
National Life

एनआरएनए मलेसियाले एन्फाका बाढीपीडित खेलाडी परिवारलाई १ लाख सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको बाढी पहिरोमा परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिएका हुन् । एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुख लागेकाले सहयोग गर्न लागिएको बताए । अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरु नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताए ।

सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्