Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता सुरु हुनै सकेन, योजना आयोगका उपाध्यक्ष अनुपस्थित

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । यस अघिका अन्तरवार्ताहरुमा अनुपस्थित रहेका ३ उम्मेदवारका लागि शुक्रबार बोलाईएको थियो । बिहान ८ बजेका लागि डाकिएको अन्तरवार्ता अझै सुरु हुन सकेको छैन् ।

अन्तरवार्ता दिनका लागि बिहान ८ बजे दुई जना प्रतिष्पर्धी अर्थमन्त्रालय पुगेका थिए तर अझै अन्तरवार्ता सुरु हुन सकेको छैन् । स्रोतका अनुसार योजना आयोगका उपाध्यक्ष तथा छनौट समितिका संयोजक डा. शिवराज अधिकारी नै अनुपस्थित भैदिएपछि अन्तरवार्ता थप अन्यौलमा परेको हो । ‘छनौट समितिका उपाध्यक्ष नै आउनु भएको छैन्, यस अघि प्रतिष्पर्धी उपस्थित भएनन्, आज आएर छनौट समिति संयोजक नै उपस्थित हुनु भएको छैन् ।’, मन्त्रालय स्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तरवार्ताका लागि डाकिएका तीन जनामध्ये कृष्ण बहादु कार्की तोकिएको ८ बजे अघि नै अर्थमन्त्रालय पुगेका थिए भने डा. अधिकारी पनि ८:३० बजे अर्थमन्त्रालय पुगिसकेका थिए ।

यस अघिका अन्तरवार्ताहरुमा टप पाँच प्रतिष्पर्धीमध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाई अनुपस्थित थिए । उनीहरुका लागि असोज १८ गते शुक्रबार पुन: अन्तरवार्ता बोलाइएको थियो । टप पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तरवार्ता दिएका थिए । धितोपत्र बोर्ड २०८० पुस २० अध्यक्ष विहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

धितोपत्र बोर्डमा अध्यक्ष छान्ने अन्तरवार्ता सुरु, चापागाँई नजाने

धितोपत्र बोर्डमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल आमने–सामने

‘धितोपत्र बोर्ड अध्यक्ष बनाउन केपी ओलीले ५ अर्ब खान ठिक परेर बसेको हल्ला चलेको छ’ : केपी ओली

प्रधानमन्त्री-अर्थमन्त्री विदेशमै हुँदा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, पाँच अर्बको भारी बोक्ने को ?

GBIME

प्रतिक्रिया दिनुहोस्