Shikhar Insurance
National Life

आयल निगमको बजेट पास, लाकुरी भञ्यांङ/रानिकोटमा जग्गा किन्न २० लाख रुपैयाँ विनियोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ०७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमको बजेट पास गरेको छ । निगम बोर्ड बैठकले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट पास भएको हो ।

निगमले पेश गरेको नीति तथा कार्यक्रममा धेरै नै छाँटकाट भएको निगमका एक कर्मचारीले जानकारी दिए । निगमको थानकोट डिपो सार्नका लागि बजेटमा विस्तृत योजना प्रतिवेदन (डीपीआर) गर्ने गरी बजेटमा पेश गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर बोर्ड बैठकले जग्गाको स्थिति नै पत्ता नलगाई अहिले डिपीआर गर्न नसकिने भन्दै कार्यकारी निर्देशक चण्डीका भट्टको योजनामा ब्रेक लगाएको हो ।

बोर्डका एक सदस्यले भने, ‘निगमले निकै महत्वकाँक्षी लक्ष्य सहित बोर्डमा बजेट पेश गरेको थियो, अधिकांश योजनाहरु संशोधन र काटिएका छन्, उद्योग मन्त्री दामोदर भण्डारी र कार्यकारी निर्देशक भट्टको महत्वकाँक्षा ज्यादै नै बढी देखिएको छ ।’

ती सदस्यका अनुसार लाकुरी भञ्यांङ वा रानीकोटमा जग्गा खरिद गर्ने विषयमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्रोतले सिंहदरबारसँग भन्यो, ‘थानकोट डिपो तत्कालै सार्नका लागि निकै ठूलो लक्ष्यसहित बजेटमा समावेश गरिएको थियो, यो पटक हामीले अध्ययन मात्रै गर्ने भनेर २० लाख बजेट विनियोजन गरेका छौं ।’

थानकोटको डिपो सार्न भन्दै निगमका कार्यकारी निर्देशक भट्टले उद्योग मन्त्री भण्डारीलाई लिएर गोप्य रुपमा लाकुरी भञ्यांङ र रानीकोट फिल्ड भिजिटमा गएका थिए । दुई स्थानमा मध्ये एक स्थानमा जग्गा खरिद गरेर छिट्टै डिपो सार्ने योजना मन्त्री भट्ट र भण्डारीले बनाएका थिए ।

निगमका अर्का कर्मचारीले थपे, “निगममा नियमित कामबाट नै निकै राम्रो पैसा जेनेरेट हुने गरेको छ, तर अहिलेका मन्त्री र कार्यकारी निर्देशक भट्टको महत्वकाँक्षा निकै ठूलो देखिएको छ, उनीहरुले नियमित रकम भन्दा पनि बल्क कलेक्सनमा धेरै ध्यान दिइरहेका छन् ।”

निगम बजेटमा नियमित बजेट भने पास भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा रहेको निगमको डिपो सार्न पनि प्रयासहरु भैरहेका छन् । यस्तै, अहिले पेट्रोलमा इथानोल मिसावट गर्ने विषयमा भने केहि पछि हटेको छ । एकै महिना भित्र नै पेट्रोलमा इथानोल मिसाउने भनेर मन्त्री भण्डारी र निगम कार्यकारी निर्देशक भट्ट निकै लागि परेका थिए । तर इथानोल प्रोजेक्टमा निजि क्षेत्रकै व्यापारीबिच प्रतिष्पर्धा चलेपछि अहिले सो विषयमा छलफल हुन छाडेको छ ।

उद्योग मन्त्री र कार्यकारी निर्देशक भट्टको महँत्वकाँक्षी योजनामा साथ नदिएपछि तत्कालिन वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीको सरुवा गरेको थियो । बुर्लाकोटीको सरुवा भएपछि मात्रै कार्यकारी निर्देशक भट्टले बजेट पेश गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्