Shikhar Insurance
National Life

सीजीनेटले ल्यायाे हातै खाली नरहने अफरहरूको बहार

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सीजीनेटले दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा ग्राहकहरूको लागि अफार ल्याएको छ ।सीजीनेटले २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू लिएर आएको हो ।

यस अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवा सँगै ३ महिना सम्मको बोनस १ हजार ५ सयसम्मको नगद छूट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई–फाई–६ अपग्रेड पनि पाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस हातै खाली नरहने अफरको साथमा, सीजीनेटको १०१ एमबीपिएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य ९ हजार ९ सय ९९ मात्रमा स्मार्ट बल्ब नि:शुल्क पाउँनेछन् ।

साथै, १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १२ हजार ४ सय ९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) नि:शुल्क पाउनेछन् । यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १४ हजार ४९९ मा दुबै नि:शुल्क रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सीजी डिजिटल, मिनिसो, फॉरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र कलास्सीक डायमंडका सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । साथै, चैतन्य स्पा: र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ ।

कम्पनीले नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा ५० हजार मूल्य बराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

साथै, नोथिंग ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड, र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ । आक्रामक बजार नीतिका साथ, आफ्ना ग्राहकहरूलाई यस योजना अन्तर्गत मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जूम स्कुटर उपहार स्वरूप घोषणा गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्