Shikhar Insurance
National Life

विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ: मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १३:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले नि:शुल्क उपचार गरिरहेको बताएका छन् । बिहिबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताएका हुन् ।

उनले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले नि:शुल्क उपचार उपलब्ध गराइरहेको बताए । उनले सरकारी अस्पतालहरुमा विपद्बाट घाइते भएका बिरामीहरुको नि:शुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कतिपय नागरिकहरुलाई सरकारले नि:शुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे । उनले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले नि:शुल्क गर्ने बताए ।

उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले नि:शुल्क उपचार उपलब्ध गराएको छ । निजी अस्पतालाहरुलाई पनि विपद्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । सम्पूर्ण उपचार नि:शुल्क हुन्छ । उपचारबाट वञ्चित हुन दिँदैनौँ ।’

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताउँदै तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्