Shikhar Insurance
National Life

‘सरकारले थप भुक्तानी नदिए २० हजार प्राविधिक र लाखौं मजदुरले दशैँ मनाउन पाउँदैनन्’

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । निर्माण व्यवसायीहरुलाई सरकारले करिव ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरु विभिन्न निकायहरु धाईरहेका छन् । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको छ । तर सरकार भने निर्माण व्यवसायीहरुको भुक्तानी निरन्तर भइरहेको बताएको छ । सरकारले करिव २० अर्ब बढी रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्माण व्यवसायीहरु नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ । विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिने गरेको थियो ।

तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलव दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन । १५ हजार सक्रिय निर्माण व्यवसायी,२० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरुले दशैँको लागि तलव दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि अहिलेसम्म भुक्तानी नपाएको बताए । उनले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको बताए । उनले दशैँमा प्राविधि र मजदुरलाई तलव भत्ता समेत दिन नसक्ने अवस्थामा व्यवसायीहरु रहेको जानकारी दिए ।

उनले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा लाँखौं मजदुरहरुको विचल्ली हुने अवस्था आएको बताए । उनले करिव २ हजार बढी सक्रिय व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको जानकारी दिए । उनले मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई थप प्रताडित बनाएको बताए । उनले बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएको जानकारी दिए । उनले अहिलेकोअवस्थामा दशैँमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने भएपनि सरकारलाई भुक्तानी दिएको कारण व्यवसायीहरु संकटमा रहेको जानकारी दिए । उनले सरकारबाट भुक्तानी नआएसम्म सप्लाई र मजदुरहरुलाई व्यवसायीहरुले भुक्तानी गर्नसक्ने अवस्था नभएको बताए ।

उनले सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा जोडिएका १५ देखि २० हजार प्राविधि र लाखौं मजदुरहरु प्रभावित हुने बताए । उनले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा मजदुरहरुले रमाइलोसँग दशैं मनाउन नपाउने अवस्था सिर्जना हुन लागेको बताए ।

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राम्जी पन्तले नारायणी नदी व्यवस्थापनको काम गरेको अघिल्लो आर्थिक वर्षको ३० करोड बढी भुक्तानी आउन बाँकी रहेको जानकारी दिए । उनले अहिलेसम्म एक रुपैयाँ पनि बजेट नभएकाले भुक्तानी पाउन नसकेको बताए । उनले पछिल्लो समय ८९ प्रतिशत निर्माण व्यवसायीहरु सडकमा आएको जानकारी दिए ।

निर्माण व्यवसायीहरुको सरकारले समयमा भुक्तानी गर्न नसक्दा व्यवसायीहरुले प्राविधिक,मजदुर र बैंकको किस्ता समेत तिर्न नसकेको उनको भनाइ छ । उपाध्यक्ष पन्तले यो वर्षको लागि निर्माण व्यवसायीहरुको लागि दशैं सुखद् नभएको बताए । उनले बैंकहरुबाट थप ऋण लिएर मजदुर प्राविधिकलाई तलव दिने सोचिरहेको जानकारी दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरुसँग हजारौं मजदुर र उनीहरुका परिवार आश्रित रहेको बताए । उनले मजदुर र मजदुरका परिवारको लागि यो वर्षको दशैँमा सरकारले भुक्तानी नदिएको कारण तलव दिनसक्ने अवस्था नभएको जानकारी दिए । उनले निर्माण व्यवसायीहरुसँग जोडिएका अन्य सप्लार्सहरुको समेत भुक्तानी दिन नसक्ने अवस्था रहेको उल्लेख गरे । घिमिरेले सरकारले व्यवसायीहरुको भुक्तानी दिने छाट नदेखेको भन्दै दशैंमा मजदुरहरुको हात खाली पठाउनुपर्ने स्थिति सिर्जना भएको बताए । उनले बैंकबाट ऋण लिने सिमामा समेत सकिएकाले तलव दिनसक्ने अवस्था नभएको बताए ।

निर्माण व्यवसायी प्रमोद लामिछानेले पनि सरकारले निर्माण व्यवसायीहरुको समयमा भुक्तानी दिन नसक्दा व्यवसायी मात्रै नभएर निर्माणसँग जोडिएका सप्लायर्सदेखि मजदुरसम्म प्रभावित भएको बताए । उनले भुक्तानी नपाउँदा निर्माण व्यवसायी मात्रै नभएर धेरै पक्षलाई असर पर्ने अवस्था सिर्जना भएको बताए । उनले निर्माण व्यवसायीहरुसँग जोडिएका मजदुर परिवारको दशैंमा तलव नपाउँदा बिचल्ली बन्ने अवस्था आउने जानकारी दिए । उनले गत वर्षदेखि सरकार र मन्त्रीहरु भुक्तानी दिने आश्वसन दिने तर काम नगर्ने अवस्था रहेको बताए ।

वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले सरकारले पूर्णरुपमा निर्माण व्यवासायीको भुक्तानी दिन नसक्दा मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । उनले सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रसँग सम्बन्धि हजारौं मजदुरहरुले यो वर्षको दशैंमा तलव नपाउने अवस्था रहेको बताए । उनले दशैंअघि पूर्ण रुपमा भुक्तानी पाउने आशा व्यवसायीहरुमा मरेर गएको बताए ।

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्ष विजयकुमार देउजाले पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा मुलुको समग्र अर्थतन्त्रमा असर परेको उनले दशैंअघि जानकारी दिए । उनले भुक्तानी नपाए निर्माण क्षेत्रका मजदुरहरुमा ठूलो प्रभाव पर्ने बताए । दशैंअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिए लाखौं मजदुर प्राविधिले तलव पाउने अवस्था नभएको दाबी गरे । उनले सरकारले दशैँअघि भुक्तानीको व्यवस्था गरी निर्माण मजदुरले खुशीका साथ दशैँ मान्ने वातावरण बनाउन माग गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्