Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफले गर्यो चनिकलाल तामाङलाई ३० लाख बीमालेख सहित सम्मान

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्ने चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्मान गरेको छ ।

असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष प्रसाईले सम्मान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गरेका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार नगद सम्मान स्वरुप प्रदान गरे ।

कार्यक्रममा उद्धारकर्ता चनिकलाल तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले थपे, ‘यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको छु ।’

सबैले आफ्नो क्षमता अनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्