Shikhar Insurance
National Life

न्युरोडकाे व्यापार शुन्य अवस्थामा, व्यापारीकाे लगानी उठाउने र ऋण तिर्ने आशा मर्दै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १५:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको भीड हुने भएपनि अहिले बजार सुनसान छ ।

विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताए । उनीहरुले दशैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दशैँ लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ । दशैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे । व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे ।

बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उनीहरुले दशैँ लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी पहिरो जस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशत भन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति ,बैंकको ब्याज,घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए । उनीहरुले आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएको अवस्थामा सामानको मूल्य वृद्धि हुँदा पनि सामान बोच्न व्यवसायीहरुलाई समस्या भएको बताए ।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैँ व्यवसायी र आम नागरिकको लागि दशाको रुपमा देखापरेको बताए । उनले अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैँमा रौनक नभएको जानकारी दिए । उनले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको बताए । उनले मुलुकका सक्रिय युवाहरु विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको जानकारी दिए । उनले बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीहरुलाई थप समस्या भएको बताए ।

संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैँमा बजार चलायमान हुने अवस्था नदेखिएको जानकारी दिए । उनले व्यापार व्यवसाय विगतको तुलनामा रौनक नदेखिएको भन्दै व्यवसायीहरुमा दैनिक निराशा छाएको बताए । उनले भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियत भन्दा माथि बजार मूल्य पुगेको पनि बताए । उनले उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनुपर्ने सोचमा पुगेको जानकारी दिए । क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उनको भनाइ छ ।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान विक्री गर्ने भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताए । उनले कोभिडपछि शुरु भएको आर्थिक मन्दी यस वर्षको दशैँमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताए । उनले व्यापार नभएर निरासा रहेको व्यवसायीहरुलाई बाढी पहिरोको कारण थप निराशा थपेको जानकारी दिए । पछिल्लो दुई वर्षदेखि निरन्तर रुपमा चाडपर्वमा व्यापार व्यवसायीमा कमी हुँदै आएको भन्दै विगतको तुलनामा यस वर्ष शुन्य अवस्थामा आएको बताए । उनले यस वर्षको देशैँमा २० प्रतिशत भन्दा बढी व्यापार हुने अवस्था देखिएको जानकारी दिए ।

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताए । उनले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरु ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले व्यापारको लागि दशैँमा घटस्थापनाका दिनदेखि फूलपातीको दिनसम्म पिक समय मानिने भएपनि अहिले त्यस्तो नरहेको जानकारी दिए । दशैँ लाग्ने दुई हप्ता अघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको बताए । उनले बाढी पहिरोको कारण मुलुक अस्तव्यस्ता भएकाले थप व्यापारमा जटिलता थपिएको बताए । उनले दशैँमा बजार चलायमान भएर लगानी उठ्ने सम्भावना नभएको बताए । उनले भन्सारका दरहरु सरकारले हरेक वर्ष बढाएर आयातलाई सरकारको आम्दानीको रुपमा लिएकाले सामानको मूल्य पनि बढेर आएको बताए ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको जानकारी दिए । उनले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरुको सामान नाका र बाटोमा अड्किएर बसेको जानकार दिए । उनले व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाए पनि यो वर्ष खासै उत्साह नभएको बताए । उनले बाढी पहिरोका कारण व्यापार समेत ठप्प भएकाले राज्यले सहजिकरण तत्काल गर्न आवश्यक रहेको बताए ।

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैँ अहिलेसम्म नलागेको भन्दै बजार सुनशान रहेको बताए । उनले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताए । उनले सिभिल महलका व्यवसायीहरु गेम र टिकटक हेरेर बस्न बाध्य रहेको बताए । उनले घटस्थापनाका दिनदेखि केही ग्राहक आउने पर्खाइमा रहेको बताए । उनले दशैँमा केही व्यापारमा सुधार हुने व्यवसायीमा अपेक्षा भएपनि आशातित हुन नसकेको जानकारी दिए ।

एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैँको तुलनामा यस वर्षको दशैँमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताए । उनले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताए । उनले दशैं लाग्नु भन्दा अघिका १० देखि १२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि आशा मर्दै गएको बताए । उनले बजारमा भीड हुने बेला भएपनि कुनैपनि पसलहरुमा ग्राहक नभएको बताए । उनले अहिलेको अवस्थामा राज्यले सडक पूर्वाधार तत्काल बनाउने र नीतिगत व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको बताए । उनले व्यापार व्यवसाय नाजुक र दयनीय अवस्था रहेको भन्दै दशैँ नजिकिएसँगै केही व्यापार वृद्धि हुने अपेक्षा हुँदाहुँदै बाढी पहिरोका कारण थप समस्या बनाएको बताए ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैँको मुखमा आएर मुलुकमा बाढी पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताए । उनले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैँ लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको जानकारी दिए । उनले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको बताए ।

उनले व्यवसायीहरुले सामान ऋण गरेर आयात गरेको सामान समेत पसलसम्म आउन नसकेर बाटोमा फसेको जानकारी दिए । अर्का व्यापारी रञ्जना महलमा स्टार जिन्सका सञ्चालक संयोग श्रेष्ठले पनि विगतको भन्दा व्यापार स्लो रहेको बताए । उनले विगतमा १०० प्रतिशत हुने व्यापारमा अहिले २० प्रतिशत पनि व्यापार नभएको जानकारी दिए । उनले दशैँको माहोल लाग्ने तरखरमा बाढी पहिरोका कारण बाहिर जिल्लाका व्यवसायीहरु समेत आउन नसक्दा बजार सुनसान देखिएको बताए । यता अर्का महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैँ नजिकिए पनि व्यापार शुन्य अवस्थामा रहेको जानकारी दिए । उनले नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैँसम्म आउँदा ७५ प्रतिशतले कमी आएको बताए ।

दशैँमा व्यापार होला भनेर ऋण गरेर समान हालियो तर विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरुको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरुको भनाई छ । व्यापार गरेर बैंकको ब्याज,राज्यलाई कर, काठा भाडा समेत तिर्न नसकिको बताए ।

न्युज एजेन्सी नेपाल

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्