Shikhar Insurance
National Life

इक्यान मल्टि-डेस्टिनेसन एजुकेशनल फेयर सम्पन्न, ५० लाख बढी आम्दानी हुने अनुमान

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘इक्यान मल्टी–डेस्टिनेसन एजुकेशनल फेयर-२०२४’ सम्पन्न गरेको छ । इक्यानले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि आयोजना गरेको १५औं संस्करणको यो मेला बुधबार सम्पन्न भएको हो ।

इक्यानकी उपाध्यक्ष गिताञ्जली शर्माले भनिन्, ‘पछिल्लो समय नेपालबाट अध्ययनका लागि विदेश जाने ट्रेन्ड बढ्दै गएको छ । यो अवस्थामा विद्यार्थीहरूले सही मार्ग अपनाउन सकुन् भन्ने उद्देश्यका साथ यो मेला आयोजना गरेका हौँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो मेलाबाट ५० लाख बढी लगानी हुने अनुमान गरेकी छिन् । अहिले विभिन्न संस्थाहरुबाट विद्यार्थीहरु ठगिरहेका हुन्छन् । त्यसबाट सजग रहन समेत विद्यार्थीहरुलाई यो मेलाले महत्त्वपर्ण टेवा पुर्याउँने उनले विश्वास व्यक्त गरिन् ।

‘हामी विद्यार्थीहरुलाई आशा तथा मनगणन्ते कुरा भनेर आकर्षित गर्दैनौ । सत्य र तथ्य कुराहरु भन्छौँ ।’ उनले भनिन् ‘संस्थाहरुले भिसा मिलाईदिन्छु भनेपछि विद्यार्थी तथा अभिभावकहरुले पनि सजग नभई पैसा दिन्छन् । जुन संस्थामा नगद पैसाको कारोबार हुन्छ त्यहाँँ मानिसहरु ठगिन्छन् नै ।’

३० वटा स्टलहरु रहेको उक्त मेलामा मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागि थिए ।

इक्यानले २९ वर्षदेखि विद्यार्थीलाई सहि जानकारी प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि उपयुक्त गन्तव्य देखाउँने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् । मेला बिहान १० बजेदेखि सुरु भएको मेला बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्