काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ मा पुगेको हो ।
बुधबार ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८ सय ८१ रुपैयाँ कारोबार भएको छ ।
बुधबार थ्री स्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, इस्टर्न हाइड्रो, अप्पर हेवाखोला हाइड्रोपावरसहित ८० कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्